दफा ५७
खानतलासीको अधिकार
(१) यस ऐन बमोजिम सजाय हुने कसूर भएको छ भन्ने मनासिब माफिकको कारण भएमा कम्तीमा वन सहायक दर्जासम्मको कर्मचारी वा सहायक प्रहरी निरीक्षक दर्जाको कर्मचारीले कुनै स्थानको खानतलासी लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम खानतलासी लिने व्यक्तिले खानतलासी लिनु पर्ने कारण खोली खानतलासी लिने स्थानको धनी वा तत्काल सो स्थान प्रयोग गरिरहेको व्यक्तिलाई सो स्थानमा प्रवेश गर्नु भन्दा अगावै सूचना दिएर मात्र खानतलासी लिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम खानतलासी लिदा कम्तीमा दुईजना साक्षी राखी ती साक्षीहरुको रोहवरमा खानतलासी लिनु पर्नेछ ।
(४) मानिस बसोबास गरेको घरमा खानतलासी लिनु परेमा सो घरमा महिला भए हट्न सूचना र मौका दिनु पर्छ ।
(५) यस दफामा लेखिएको कुनै कुराले खानतलासी लिने कर्मचारीलाई सूर्यास्त देखि सूर्योदय नभएसम्म मानिस बसोबास गरेको घरमा प्रवेश गर्न पाउने अधिकार हुने छैन ।
स्पष्टीकरणः यो दफाको प्रयोजनको लागि “स्थान” भन्नाले पाल, डुड्डा तथा विभिन्न किसिमका सवारीका साधनलाई समेत जनाउछ ।